Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सचिन परियारको स्वास्थ्यमा सुधार, आईसीयूबाट जनरल वार्डमा सारियो

By साझासवाल 2 मिनेट पढाइ

<p><b>पुस ११, काठमाडौँ |</b> अस्पताल भर्ना गरिएका बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ । उनीसँग निकट कमल सरगमले सचिनको स्वास्थ्यमा सुधार आएर आईसीयूबाट जनरल वार्डमा सारिएको जानकारी दिए ।<br></p><p>स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि केही दिनअघि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो । सचिन पछिल्लो समय काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका थिए ।</p><p>भाइरल बाल कलाकारको रुपमा समेत परिचित सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा समेत अभिनय गरेका उनले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् ।&nbsp; उनी एकताका मेलामहोत्सवमा समेत खोजिन्थे । उनका भिडियोले पनि युट्युबमा लाखौं भिउज पाउँदै आएका छन् । पछिल्लो दुई वर्षयता उनी गायनमा सक्रिय थिएनन् ।</p>