Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौं महानगरले माग्यो थापाथलीका अनधिकृत संरचना हटाउन गृहको साथ

By साझासवाल 3 मिनेट पढाइ

पुष १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाले थापाथलीस्थित अनधिकृत संरचना हटाउन आवश्यक सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

थापाथलीस्थित वागमती नदी किनामा अनधिकृत रुपमा बनेको संरचना हटाई त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन वागमती सभ्यता एकीकृत विकास परियोजनाबाट अनुरोध भएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास गर्दा पनि सफल हुन नसकेको अवस्थालाई ध्यानमा राखेर महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

‘विशेष गरी थापाथलीस्थित अनधिकृत संरचना हटाइ त्यहाँ सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्र्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवम् समन्वयका लागि अनुरोध गरिन्छ’, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी हस्ताक्षरित पत्रमा भनिएको छ ।

केही समयअघि त्यस क्षेत्रमा महानगरले अनधिकृत संरचना हटाउन खोज्दा स्थानीय विरोधमा उत्रेपछि झडप भएर विवाद भएको थियो ।

यस्तो छ पत्रः