Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कम्बोडिया घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, मृतक पाण्डेको शव ल्याउन पहल गर्ने

By साझासवाल 2 मिनेट पढाइ

<p><b>पुस १६, काठमाडौँ | </b>प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको होटलमा भएको आगलागीमा परेर निराकर पाण्डेसहित १९ जनाको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले शनिबार सो घटनाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।&nbsp;<br></p><p>प्रधानमन्त्री दाहालले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै उनले मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न मुख्य सचिवलाई निर्देशन समेत दिएका छन् ।</p><p>आगलागीमा परेर झापा बिर्तामोड नगरपालिका-१ घर भएका ४० वर्षीय निराकार पाण्डेसहित १९ जनाको मृत्यु भएको थियो ।</p>