<p><b>पुस १६, काठमाडौँ | </b>जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ ।<br></p><p>काठमाडौँ प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो । </p><p>पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र रु दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताउनुभयो । </p>
December 31, 2022
काठमाडौँ - KTM, समाज
काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ पक्राउ
By साझासवाल
2 मिनेट पढाइ










