Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काठमाडौंको गेस्ट हाउसमा ३४ वर्षीया महिला मृत फेला !

By साझासवाल

<p><b>पुस २०, काठमाडौँ | </b>काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।&nbsp;<br></p><p>रोल्पाको मागदी गाउँपालिका–७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा मृत फेला परेकी हुन्। उनी सुतेकै अवस्थामा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ।&nbsp;</p><p>प्रहरीका अनुसार पुन विगत ३ दिनदेखि उक्त गेस्ट हाउसमा बस्दै आएकी थिइन्। पुनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।&nbsp;</p>