Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

अस्ट्रेलियाली शीर्ष डिभिजनको मेलवर्न भिक्ट्रीमाथि लिगमा १० अंक कारबाही

By साझासवाल

पुस २६, काठमाडौँ | अस्ट्रेलिया फुटबल संघले शीर्ष डिभिजनको लिगमा टिमका समर्थकले मैदानमै प्रवेश गरी आक्रमण गरेको घटनामा मेलवर्न भिक्ट्री क्लबलाई लिगको जारी सिजन १० अंकको कारबाही गरेको छ ।

गएको डिसेम्बरमा शहरी प्रतिस्पर्धी मेलवर्न सिटीसँगको घरेलु खेलमा भिक्ट्रीका समर्थकले पसेर आक्रमण गरेका थिए । अस्ट्रेलिया एफएले सन् २०२५–२६ को सिजनसम्म यस्ता घटना दोहोरिए अंक कटौतीको कारबाही हुने चेतावनीसमेत दिएको छ ।

पहिलो हाफको खेल सन्चालन भइरहेको अवस्थामा भिक्ट्रीका समर्थकहरु मैदान प्रवेश गरी रेफ्री एलेक्स किङ र सिटीका गोलरक्षक टम ग्लोभरलाई मेटलको बाल्टीले प्रहार गर्दा उनीहरुको टाउकोमा चोट लागेको थियो ।

संघले भिक्ट्रीमाथि ४ लाख ५० हजार अस्ट्रेलियन डलर जरीवानासमेत लगाएको छ । समर्थकहरु मैदानमा छिरेको क्षेत्रमा टिकट विक्रीमा पनि भिक्ट्रलाई प्रतिबन्ध लगाइएको छ । साथै यो सिजनको अन्तिमसम्म सम्पूर्ण अवे खेलहरुमा भिक्ट्रीका समर्थकले प्रवेश पाउने छैनन् ।

मेलवर्न भिक्ट्री क्लबलाई १५ जनवरीसम्म घरेलु खेलका लागि टिकट बेच्न पनि प्रतिबन्धित गरिएको छ ।

साथै यो खेल अप्रिलमा खेलाइनेछ । २२औं मिनेट चलिरहँदा आक्रमण भएका कारण सोही समयदेखि खेल सुरु गरिने निर्णय भएको छ । जहाँ मेलवर्न सिटीले १–० को अग्रता कायम राख्नेछ ।

फुटबल अस्ट्रेलियाका मुख्य कार्यकारी अधिकृत जेम्स जोन्सनका अनुसार सन् २००४ मा ए लिग सुरु भएयता कै यो सबैभन्दा खराव लिग खेल थियो ।

‘फुटबलमा मैदान सधैं पवित्र हुनुपर्छ र हाम्रा खेलाडी र खेल अधिकारीको सुरक्षा प्रमुख हुन्छ,’ उनले भनेका छन्, ‘ती व्यक्तिहरु अनधिकृत रुपमा मैदान प्रवेश गरे । मौखिक र शारीरिक रुपमा खेलाडी तथा अफिसियलमाथि हमला गरे । उनीहरुले सबै सीमा पार गरेका थिए ।’

मेलवर्न भिक्ट्रीमाथिको प्रतिबन्धले फुटबलका लागि सुहाउँदो वातावरण बन्न र समुदायमा फुटबलको सकारात्मक माहोल स्थापित गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

मेलवन भिक्ट्रीले सबै प्रतिबन्धको सजायलाई पालना गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । १७ डिसेम्बरमा भएको यो घटनामा संग्लग्न १७ जनालाई अस्ट्रेलियामा कहिल्यै पनि रंगशाला प्रवेश गर्न नपाउने गरी आजीवन प्रतिवन्ध गरिएको छ ।

अस्ट्रेलियाको शीर्ष डिभिजनमा १२ टिमबीच प्रतिस्पर्धा हुन्छ । जारी लिगामा १० खेलबाट २५ अंकसहित मेलवर्न सिरी शीर्ष स्थानमा छ । छिमेकी भिक्ट्री भने समान खेलबाट १० अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । १० अंक घटेपछि उ अंकविहीन भएको छ ।