Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एनओसी लिँदा ४० मिनेटभन्दा बढी लाइन बस्न नपर्ने दाबी

By साझासवाल 3 मिनेट पढाइ

पुस २७, काठमाडौँ | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको जनाएको छ । जसका कारण सेवाग्राही घन्टौं लाइन बस्नुपर्ने स्थितिबाट अहिले सेवाग्राही ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने शाखाले दाबी गरेको छ ।

शाखाका अनुसार तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह गरिएकाले ४० मिनेटभन्दा बढी लाइनमा बस्न नपर्ने शाखा प्रमुख बासुदेव वस्तीले बताए ।

तोकिएको समयमा एनओसी लिन आएका सेवाग्राहीहरुलाई तोकिएकै समयभित्र सेवा प्रवाह भइरहेको शाखाले दाबी गरेको छ । अशक्त, अपांग, जेष्ठ नागरिक, गर्भवती तथा कलेज शुल्क भुक्तानी गर्नुपर्ने, प्लेन टिकट बुकिङका कारणले अविलम्ब सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीलाई अत्यावश्यक सेवा दिने कार्यलाई निरन्तरता दिइएको छ ।

शाखाले आइतबारदेखि सफ्टवेयरमा अपलोड गरिएका कागजातकै आधारमा रुजु गर्ने गरिएकाले एप्लिकेसन फारम बाहेक अफर लेटर, ट्रान्सक्रिप्ट, नागरिकता लगायतका कुनै पनि कागजातको प्रतिलिपि पेस गर्न नपर्ने, तोकिएको दिनमा सेवा लिन असमर्थ सेवाग्राहीलाई छुट्टै झ्यालबाट सेवा प्रवाह गर्ने कार्य शुरु गरेको शाखा प्रमुख वस्तीले बताए ।

शाखाको तथ्यांक अनुसार मंगलबार ४८९ जनाले एनओसी लिएका छन् भने ४२० जनाको आवेदन स्वीकृत भएको छ । १६४ जनाको भने विविध कारणले आवेदन अस्वीकृत भएको छ ।