Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पोखरा जहाज दुर्घटना: पानीबाट निकालियो एक जनाको शव

By साझासवाल

माघ २, काठमाडौँ | पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ।

सोमबार अपरान्ह ३ बजे सेती नदीबाट एक जनाको शव फेला निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालिएको हो।

अहिले उक्त शवलाई पनि गण्डकी अस्पताल लैजाने तयारी गरिरहेको डिएसपी थापाले बताए। अहिलेसम्म अस्पतालमा ६८ जनाको शव राखिएको छ।

बाँकी तीन जना बेपत्ताको खोजी गरिरहेको छ। त्यहाँ अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ।

आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दुर्घटना भएको हो।

पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटना भएको हो। जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए।

जसमध्ये ६९ जनाको शव फेला परेको हो। गण्डकी अस्पतालमा मृतकको सनाखत गर्ने काम भइरहेको छ।

प्रहरीले सनाखत भएका शवको पोष्टमर्टमपछि परिवारलाई बुझाउने तयारी गरेको छ।

यस्तै काठमाडौंमै बुझ्न चाहने, पहिचान नखुलेका, विदेशी नागरिक र चालक दलको शव काठमाडौं ल्याउन लागिएको छ। कहिले ल्याउने भन्ने टुंगो लागिसकेको छैन।