पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ ३, नुवाकोट | </b>नुवाकोटमा आफ्नै दाइको हत्या गरेको अभियोमा एक जना पक्राउ परेका छन् ।<br></p><p>५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा बेलकोटगढी नगरपालिका-९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । </p><p>ईन्द्र सिंहले मादक पदार्थ सेवन गरी गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । </p>

