माघ ३, काठमाडौँ | जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा जिल्ला अदालत तनहुँमा बहस सकिएको छ।

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकिएको थियो।

अहिले दुवै पक्षबाट बहस सकिएको छ। यस्तोमा फैसला आउन केही समय लाग्ने जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए।

यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो। पलविरुद्ध नाबालिग बलात्कारको आरोप लागेको थियो।

तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्।

पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ।

जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दूरुपायोगको मुद्दामा उनलाई सजाय सुनाइएको हो।

नवलपुरले भदौ २१ गते फैसला गरेको थियो। गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्।

January 17, 2023
काठमाडौँ - KTM, समाज
पल शाहविरुद्धको बलात्कार मुद्दा : तनहुँ अदालतमा बहस सकियो, फैसला आउँदै
By साझासवाल
3 मिनेट पढाइ