Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

८६ वटा सवारी लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइयो

By साझासवाल 3 मिनेट पढाइ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच (५) पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि बुधबार यातायात व्यवस्था विभागमा पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच (५) पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाईएका सवारी चालक अनुमती पत्र मध्ये १ जना २९ पटक, १ जना २६ पटक, १ जना २४ पटक, १ जना २३ पटक, २ जना १८ पटक, १ जना १७ पटक, २ जना १६ पटक, २ जना १५ पटक, २ जना १३ पटक, ३ जना १४ पटक, ४ जना १२ पटक, ७ जना १० पटक, ८ जना ११ पटक, ९ जना ९ पटक, ११ जना ८ पटक, १३ जना ६ पटक र १८ जना ७ पटक  ट्राफिक प्रहरीको कार्वाहीमा परेका थिए ।
यसरी ५ पटक भन्दा बढी कार्वाहीमा परेका ८६ जना सवारी चालकका सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभाग मिनभवन पठाएको हो । ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरुबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकोले सुरक्षित यात्राका लागि नियम पालना गर्न भट्टले अनुरोध गरेका छन् ।