माघ ८, सुर्खेत | माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ । भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६–७७ देखि आर्थिक वर्ष २०७८–७९ सम्मा जम्मा एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ । उक्त सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछापालन काम अलपत्र परेको छ । जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएकोे डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

भुरा उत्पादनका लागि हेचिङ पलान्टसमेत अलपत्र अवस्थामा पुगेको छ । आर्थिक आर्थिक वर्ष २०७८–७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताए । अघिल्लो बर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले बताए । ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । अहिले भुरा उत्पादन हुने भनिएको ठाउँमा रहेका पोखरीहरु चिराचिरा परेका अवस्थामा रहेका छन् ।

पोखरी बचाउन राखिएका घेराबार भत्किएका अवस्थामा छन् । पोखरीभित्र राखिएको प्लास्टिकहरू च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्तिकेन्द्रको पहुँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पर्दा प्रदेश सरकारको बजेट मात्र खेर गएको कर्मचारीहरुसमेत बताउँछन् ।

माछापालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयबासीको भनाए छ । अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो ? पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाई ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महताराले बताए । अहिले फेरि सोही ठाउँमा १० लाख रकम आएकोसमेत उनले बताए । पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ । सहकारीका अध्यक्ष शेरबहादुर महतारालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । –न्युज कारखाना

January 22, 2023
काठमाडौँ - KTM, समाज
माछापालन गर्न भन्दै एक करोड खर्च, पोखरीको नामनिसान छैन
By साझासवाल
4 मिनेट पढाइ