Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले गर्‍यो भाटभटेनीका सञ्चालकसँग सोधपुछ

By साझासवाल 3 मिनेट पढाइ

माघ १६, काठमाडौँ | इलामका प्रेमप्रसाद आचार्यले संघीय संसद्‌ भवन अगाडि आत्मदाह गरेको प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। जसअन्तर्गत भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग सोधपुछ गरिएको छ।

आत्मदाह गर्नु अगाडि आचार्यले आफ्नो फेसबुकमा लेखेको सन्देशमा भाटभटेनीको विषयमा समेत उल्लेख गरेका थिए। भाटभेटेनीलाई उधारो सामान दिइरहेको र भाटभटेनीले उक्त सामान बेचर मुनाफा कमाइसकेपछि मात्रै उत्पादकलाई भुक्तानी दिने गरेको आचार्यले लेखेका थिए। सो सम्बन्धमा गुरुङसँग सोधपुछ गरिएको प्रहरी स्रोतले जनाएको छ।

आत्मदाह गर्नुभन्दा अघि फेसबूकमा लामो सन्देश लेख्दै आचार्यले विभिन्न व्यक्तिको नाम लेखेपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहनमा अनुसन्धान हुनुपर्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं जाहेरी समेत परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

यस घटनामा सम्बन्धित अन्य व्यक्तिसँग पनि सोधपुछ गरिने प्रहरीले जनाएको छ।