Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 16, 2023 समाज

एती एयरलाइन्स दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई १ करोड १ लाखको दाबी भुक्तानी

By साझासवाल

फागुन ४, काठमाडौँ | बीमा कम्पनी नेपाल लाइफले १ करोड १ लाखको दाबी भुक्तानी गरेको छ ।

कास्कीको पोखरा उपमहानगरपालिका–१७ की बिमित संगिता शाहीको पोखरामा यती एयरलाइन्सको  जहाज दुर्घटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित कार्यक्रमबीच मृतकले इच्छाएको व्यक्ति आमा कोपिला घर्ति क्षेत्रीलाई १ करोड १ लाखको चेक हस्तान्तरण गरिएको छ ।

स्व. संगिता शाही नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन सहारा बिमा योजनामा सहभागी भएकी थिइन् । बीमांक बापतको रकम अन्तर्गत ५० लाख र दुर्घटना मृत्यु दाबी बापत ५० लाख रुपैयाँ गरी जम्मा १ करोड १ लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।

२०७९ पुस मसान्तसम्ममा कम्पनीको लगानी १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्ब रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ५२ करोडभन्दा बढी छ । कम्पनीमा २ लाख १२ हजा ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना करीब १९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।