पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर ३०, काठमाडौँ | श्रीलंकामा जारी एसिसि अन्डर १९ क्रिकेट प्रतियोगीतामा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ |

यु-१९ एसिया कपको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल १ रनले पराजित भएको हो । आयोजक श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा १२६ रन बनाउँदै अल आउट भएपछि सम्मानजनक हार बेहोर्न बाध्य भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रन बनाए । उनले नौ चौका र एक छक्का हाने । अन्त्यसम्म टिकेर खेल पर्दर्शन गरेका एरी अन्तिम ३ बल बाँकी छँदा आउट बनेपछि नेपालले जित्नै लागेको खेल अप्रत्यासित श्रीलंकाको पोल्टामा परेको हो |

पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको नेपालका सन्दिप सुनार ८ बलमा २ रन, आशिफ शेख ६ बलमा एक रन, भिम सार्की १६ बलमा ८ रन, आदिल खान ६९ बलमा ३९ रन, प्रकाश केसीले २३ बलमा १४ रन, सुवर्णकार उरावले ६४ बलमा ४० रन बनाए । पवन सर्राफ पहिलो बलमै एलबिडब्लु आउट भए । यस्तै कमल सिंह ऐरीले ९ बलमा ९ रन बनाए । सन्दिप लामिछाने ३ बलमा १ रन बनाएर रन आउट भए ।

श्रीलंकाका कामिन्दु मेन्डिसले तीन, अशेन बान्डारा, जेहन ड्यानियल, निपुन रनसिका, दिलसान ग्यामेज र प्रविन जयबिक्रमाले एक एक विकेट लिए ।

श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाएका थिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । श्रीलंकाका असेन बान्दाराले ४७ बलमा ४८ रन, क्रिशन आर्चचिग्गेले ४७ बलमा २८ रन बनाए । रविनले ३७ बल खेलेर १९ रन बनाए ।

नेपालका कमल सिंहले ३ विकेट लिए । यस्तै पवन सर्राफले दुई र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन् ।