भदौ ५, काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६–० ले पराजित गरेको छ ।

खेलको १० औं मिनेटमा ब्रिजेश चौधरीले नेपालका लागि पहिलो गोल गरेका थिए । त्यसको १० मिनेटपछि दर्शन गुरुङले दोस्रो गोल गरे । कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल गरेका थिए । आकाश बुढा मगरले ४५ औं मिनोटमा चौथो गोल गरे ।

दोस्रो हाफको सुरुआतमै रोशन दोङले अर्को गोल गर्दै नेपालको अग्रता बढाएका थिए। ब्रिजेशले ७३औं मिनेटमा गोल गर्दै नेपाललाई ६–०को अग्रता दिलाए ।

माल्दीभ्ससँगको जीतसँगै नेपाल समूह बी बाट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।

August 21, 2017
काठमाडौँ - KTM, खेलकुद
साफ यू -१५ च्याम्पियनसिप: नेपालसँग माल्दीभ्स ६-० ले पराजित
By kit
2 मिनेट पढाइ