१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकामा पाँच स्थानको वायु खराब

१८ चैत्र २०८१, सोमबार १४:३९

काठमाडौँ | काठमाडौँ उपत्यका पाँच स्थानको वायु खराब भएको छ । वातावरण विभागका अनुसार शंखपार्क, रत्नपार्क, भैंसैपाटी, खुमालल्टार र भक्तपुर क्षेत्रको वायु खराब भएको हो । विभागका अनुसार आज दिउँसो १ः ३७ बजे यी क्षेत्रको वायु १६० देखि १८१ एक्यूआई छ ।

शंखपार्कको १८१ एक्यूआई, रत्नपार्क १६३ एक्यूआई, भैसैपाटी १६२ एक्यूआई, खुमल्टार १६४ एक्यूआई र भक्तपुर १६० एक्यूआई रहेको छ । एक्यूआई भनेको प्रदूषण मापन गर्ने प्रणाली हो ।

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्ने विभागले जनाएको छ ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यो श्वासप्रश्वासबाट मानव स्वास्थ्यमा हानी पुर्‍याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा