2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

September 11, 2020

भदौ २६, काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो । बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो ।

प्रसिद्ध ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड पाउने नेपालको एक मात्र एयरलाइन्स हो । बुद्धले दैनिक आधादर्जन माउण्टेन फलाइट गर्ने गरेको छ । आन्तरिकतर्फ कम्पनीले दैनिक १०० उडानमार्फत छ हजार यात्रु व्यवस्थापन गर्दै आएको छ । बुद्ध एयरसँग आन्तरिक उडानका लागि ११ एटिआर जहाज तथा दुई थान बिचक्राफ्ट जहाज छन् । बुद्धले हाल आन्तरिकतर्फ १३ गन्तब्यहरु भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ ।

ट्रिप एडभाइजरले सन् २०१८ मा नेपालको राजधानी काठमाडौँलाई विश्वका उत्कृष्ठ गन्तब्यको सूचीमा राखेको थियो । त्यस्तै सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट पर्यटकीय गन्तब्यको सूचीमा काठमाडौँ परेको थियो । संसारकै सबैभन्दा ठूलोमध्येको वेबसाइट अमेरिकाको ट्रि एडभाइजरले विश्वभर आफ्नो सञ्जाल विस्तार गरेको छ । यसका ३२ करोडभन्दा बढी सदस्य छन् । यो वेबसाइट प्रतिमहिना ३० करोडभन्दा बढीले हेर्ने गरेको बताइन्छ । सन् २००० मा अमेरिकामा स्थापना भएको ट्रिप एडभाइजर पब्लिक कम्पनी हो । यसले अमेरिका, युरोप, एसिया, अफ्रिका, मध्यपूर्व, एसिया प्रशान्त क्षेत्रलाई समेटेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक