वैदेशिक रोजगार ऐनना भएको व्यवस्था अनुसार वैदेशिक रोजगार इजाजत प्राप्त स्वास्थ्य संस्था (मेडिकल) बाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको व्यक्तिले सम्बन्धित देशमा गएर मेडिकल फेल भई वा अयोग्य भई स्वदेश फिर्ता हुनुपरेमा वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च फिर्ता पाउन सकिन्छ ।

यसको लागि खर्च भराई पाउन निवेदन दिनु पर्छ । जसको लागि देहाय बमोजिमका कागजात सहित स्वदेश फिर्ता भएको मितिले पैँतीस दिनभित्र निवेदन दिनु पर्छ ।

निवेदन दिँदा देहाय बमोजिमको कागजात संलग्न गर्नु पर्छ:–

(क) विदेशमा स्वास्थ्य परीक्षण गराएको सक्कल रिपोर्ट वा सोको प्रमाणित प्रतिलिपि,

(ख) स्वास्थ्यका कारणले वैदेशिक रोजगारबाट फर्कनु परेको प्रमाणित गर्ने कागजात,

(ग) आतेजाते हवाई टिकटको प्रतिलिपि र बोर्डिङ पासको निस्सा,

(घ) राहदानी प्रतिलिपि,

(ङ) विशेषज्ञ समितिले माग गरेका अन्य कागजातहरु ।

* विशेषज्ञ समितिले सम्बन्धित स्वास्थ्य संस्था तथा निवेदकसँग आवश्यकता अनुसार थप कागज प्रमाण माग गर्न सक्नेछ ।

* विशेषज्ञ समितिले माग गरेको कागज, प्रमाण निवेदक तथा सम्बन्धित संस्थाले विशेषज्ञ समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

* यस नियम बमोजिम आते जाते खर्च दावी गर्ने व्यक्तिको त्यस्तो खर्च नलिदै मृत्यु भएमा निजको मृत्यु भएकौ पैँतीस दिनभित्र निजको कानून बमोजिमको हकवालाले फिर्ता पाउन यस नियम बमोजिम निवेदन लिन सक्नेछ ।

April 22, 2021
काठमाडौँ - KTM
वैदेशिक रोजगार: वैदेशिक रोजगारमा गएको व्यक्ति मेडिकल फेल भएर फर्किए के गर्ने ?
By साझासवाल
3 मिनेट पढाइ