चैत्र २७, काठमाडौं | काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

उनको पहिचान प्रहरीले सार्वजनिक गरेको छैन । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

घटनास्थल क्षेत्रमा नेपाली सेनाले नियमित फायरिङ गर्दै आएका छन् । सो क्रममा ‘मिस फायरिङ’ भएको हुन सक्ने डीएसपी खतिवडाले बताए ।

April 10, 2022
काठमाडौँ - KTM
काभ्रेको घिमिरे गाउँमा विस्फोट, एक गम्भीर घाइते
By साझासवाल
2 मिनेट पढाइ