साउन ५, काठमाडौं | नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा छन् ।

पीडितले प्रहरीको साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताए ।

उनका अनुसार लामाले पीडितले प्रयोग गर्ने फेसबुकबाट तस्वीर डाउनलोड गरेर नक्कली एकाउन्ट बनाएका थिए । म्यासेन्जरमार्फत पीडित बनेर साथीहरुसँग पैसा पनि मागेको पाइएको छ ।

सोही एकाउन्टमार्फत ‘स्टडी म्याटरियल’ नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देहव्यापार हो भन्ने आशयको शब्दहरु लेखेर पोष्ट गरेको अर्यालले बताए । अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फेसबुकमा स्रोलिङ्गीको नक्कली अकाउन्ट खोलेर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
समाचार सुन्नुहोस्
यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।
समाचार पढिँदैछ…
तपाईंको browser मा समाचार पढ्ने सुविधा उपलब्ध छैन।