पुस २९, काठमाडौँ । भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङ रहेका छन् ।

लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रहरीलाई प्रलोभनमा पार्न खोजेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरूलाई नगद ५७ हजार ५०० रूपैयाँ र दुईथान मोबाइल फोनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा दुईजना पक्राउ