Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाद्वारा आत्महत्या

By साझासवाल

एजेन्सीको सहयोगमा | भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतको उत्तर प्रदेशकी एक स्वास्थ्यकर्मीले आफ्नो बलात्कारको भिडियो सामाजिक संजाल वाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या गरेकी बताइएको छ । उत्तर प्रदेशको एक गाउमा स्वास्थ्यकर्मीका रुपमा जाँदा सो गाउँका एक युवकले उनलाई आफूसँग एक्लै भेट्न आग्रह गरेको तर नमानेपछि आफ्ना तीन जना साथीसँग मिलेर युवकले स्वास्थ्यकर्मी महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्वास्थ्यकर्मी  महिलाले आफू बलात्कृत भएको रिपोर्ट प्रहरी चौकीमा लेखाउनु पूर्व नै उनको भिडियो सार्वजनिक भएकाले उनले विष सेवन गरी आत्महत्या गरेको जनाएको छ । प्रहरीले बलात्कार गर्ने युवक र उनको तीन जना साथीको पहिचान भैसकेको र उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।

विगत केही समयदेखि भारतमा महिलामाथि भएको बलात्कारको भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने क्रम बढेसँगै त्यँहा आत्महत्या गर्ने महिलाको संख्या बढेको छ ।