<p><img src="http://sajhasabal.com/uploads/posts/2d04205f87ba92048208a5afc63e706b1481425999.jpg" style="width: 560px; float: left;"><b>मंसिर २६, काठमाडों । </b>नाइजेरियाको दक्षिण पूर्व शहर उयोमा एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ ।<br></p><p>छत खस्दा कयौं व्यक्ति पुरिएको अनुमान गरिएको छ । सयौं मानिसहरु एक धार्मिक समारोहमा सहभागी भएको बेला उक्त दुर्घटना भएको जनाइएको छ ।</p><p>नाइजेरियाको अकला इबूम प्रान्तका गभर्नर पनि छत खस्दा चर्चमा थिए । उनी बचेका छन् । चर्च निर्माणधीन थियो । राष्ट्रपति मोहमद बुहारीले दुर्घटनामा गहिरो दुख व्यक्त गरेका छन् । </p>
नाइजेरियामा चर्चको छत खस्यो, ६० जनाको मृत्यु