पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा "/>
2026-06-25 02:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बान कि मुन भावी दक्षिण कोरियाली राष्ट्रपति !

पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

राष्ट्रसंघमा लगातार दुई पटक गरी दश वर्षसम्म महासचिव रहेका बानले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् ।

सोलको बहुचर्चित स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका दुईहजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा अधिकतम अर्थात् २३ दशमलव ३ प्रतिशत मत बानले पाएका छन् ।

यो अंक यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अङ्कभन्दा  २ दशमलब ८ प्रतिशतले बढेको पनि जनाइएको छ ।

गतः डिसेम्बर–९ मा दक्षिण कोरियाली संसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट आंशिक बेइज्जतिपूर्वक बाहिरिनै लाग्नुभएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ ।

बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलव ३ प्रतिशत अंक प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अङ्क छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अङ्क अघिल्लो सर्वेक्षणमा प्राप्त अङ्कभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ ।

पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसदमा सबैभन्दा ठूलो विपक्षी दल–मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अङ्क पाएका छन् ।

मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपतीय पदका लागि विजयी हुने भनी यस अघिको जनमत सर्वेक्षणले ठम्याएकोमा दक्षिण कोरियाली उच्च राजनीतिमा बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा