Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चीनमा भूकम्प, आठ जनाको मृत्यु, २३ जना घाइते

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २८, सिन्जिआङ (चीन) | चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बिहिबार विहान ५.५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । भूकम्पबाट १२ हजार व्यक्ति प्रभावित भएका र असुरक्षित स्थानमा रहेका मध्ये झण्डै ९ हजार २ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भूकम्पमा परी घाइते भएका सवैलाई उपचारका लागि अस्पतालमा लगिएको छ । भूकम्प प्रभावित क्षेत्रमा करिव एक हजार सैनिक र प्रहरी तथा १५ सय जना स्वयमसेवकहरु उद्धारका लागि क्रियाशिल रहेका छन् । भूकम्पपिडितहरुका लागि सहयोग सामग्रीहरु घटनास्थलमा पुर्याइएको आपत्कालिन उद्धार केन्द्रीय कार्यालयले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रका घरहरुको पर्खाल चर्किएको देखिएको छ । भूकम्पको केन्द्रविन्दु भएको ठाँउमा क्षतविक्षत भएर भत्कीएका घरहरु हटाउने कार्य भएको छ । रासस/सिन्ह्वा