टम किटिङ । कतारमाथि चरमपन्थी संगठनलाई आर्थिक सहयोग गरेको आरोपले यति ठूलो रुप लिएको छ कि साउदी अरव लगायत अन्य खाडी मुलुकले सबै सम्बन्ध तोडिदिए ।

तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टम किटिङ । कतारमाथि चरमपन्थी संगठनलाई आर्थिक सहयोग गरेको आरोपले यति ठूलो रुप लिएको छ कि साउदी अरव लगायत अन्य खाडी मुलुकले सबै सम्बन्ध तोडिदिए ।

तर"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमाथि किन लाग्यो चरमपन्थीलाई बढावा दिएको आरोप ?

June 13, 2017


टम किटिङ । कतारमाथि चरमपन्थी संगठनलाई आर्थिक सहयोग गरेको आरोपले यति ठूलो रुप लिएको छ कि साउदी अरव लगायत अन्य खाडी मुलुकले सबै सम्बन्ध तोडिदिए ।

तर, छिमेकी देशहरुले कतारको विदेश नीतिलाई लिएर असन्तुष्टि जनाएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि छिमेकी मुलुकले कतारसँग ९ महिना राजनीतिक सम्बन्ध तोडेका थिए ।

तनावको सुरुवात इस्लामी ब्रदरहुडलाई कतारको तर्फबाट दिइएको समर्थनबाट भयो । यसका अलावा तालिवान तथा अलकायदासँग जोडिएका केहि संगठनसँग उसको नजिकको नाता र इरानसँगको सम्बन्ध पनि यसको कारण हो ।

हालै साउदी अरवले इरानमाथि आरोप लगाएको थियो कि सरकारी खर्चमा चल्ने अल जजिरा यनममा हुती बिद्रोहीलाई समर्थन गरिरहेको छ, जो साउदी अरब र संयुक्त अरब इमिरेट्स समर्थिक सैनिकसँग लडिरहेको छ ।

यद्यपि दोहाले रियादको यस आरोपको खण्डन गरेको छ । तर, अहिलेको तनाव ग्यास प्रधान धनी मुलुक कतारको फण्डिङमाथि केन्दि्रत देखिएको छ ।

कतारले दिएको थियो एक अर्ब डलर फिरौती

कथित रुपमा गत अपि्रलमा कतारले सिरियामा अलकायदाका एक पूर्व सहयोगी र इरानी सुरक्षा अधिकारीलाई एक अर्व डलर (१० हजार २४० करोड रुपैयाँ) फिरौती दिएको थियो । यसको बदलामा शाही परिवारका २६ सदस्यलाई छुटाइएको थियो, जसको अपहरण कथित इरान समर्थित शिया चरमपन्थी समूहले गरेको थियो ।

यसका अलावा यस सम्झौतामा दर्जनौं शिया लडाकुलाई पनि छाडिएको थियो, जसलाई सिरियामा जिहादीहरुले बन्धक बनाएका थिए । यसकारण कतारको चरमपन्थी समूहलाई आर्थिक सहयोगको नीति जारी रहनु नै अहिलेको संकटको मूख्य कारण बनेको छ । ९/११ को हमलापछि अमेरिकी नीति बैश्विक गठबन्धनको तर्फबाट चरमपन्थीलाई आर्थिक सहयोग बन्द गर्न लगातार प्रयास भइरहेको छ । 

थुप्रै नयाँ कानून बनाएर चरमपन्थीलाई फण्डिङ रोक्नका लागि फर्जी कम्पनी वा संस्थाको आर्थिक गतिविधिमा नियन्त्रण गरिएको छ । यससँग जोडिएका सम्पत्ति र ब्यक्तिहरुलाई प्रतिबन्ध लगाइएको छ ।

तर, यसका बाबजुद, कतार जस्ता केहि मूख्य मुलुकको प्रतिबद्धतामाथि थुप्रै प्रश्हरु भइरहेको थियो । सन् २०१४ मा तत्कालीन टेररिज्म एण्ड फाइनान्सियल इन्टेलिजेन्सका सेक्रेटरी डविड कोहेनले भनेका थिए, ‘अमेरिकाको लामो समयदेखिको सहयोगी रहेको कतारले वर्षौंसम्म खुल्ला रुपमा हमासको सहयोग गरेको छ । मिडियामा आएका समाचारहरुबाट संकेत मिल्छ कि कतारको सरकार सिरियाको चरमपन्थी समूहलाई पनि सहयोग गरिरहेको छ ।’

उनले यो पनि खुलासा गरेका थिए कि कतारले आफ्नो मुलुकमा अलकायदा र इस्लामिक स्टेटजस्ता चरमपन्थी समूहका लागि धन एकत्रित गर्न स्वीकृति पनि दिन्छ ।

सन् २०१६ मा कोहेनको स्थान लिएका एडम शुवीनले भनेका थिए कि चरमपन्थीको आर्थिक सहयोग दिनेमाथि कारबाहीको चेतावनी दिनुका बाबजुद कतारले यसको नजरअन्दाज गर्‍यो र यसलाई कावुमा राख्नका लागि राजनीतिक इच्छाशक्ति देखाएन भने कुनै कानून पनि बनाएन ।

अमेरिकाले चरमपन्थीलाई प्रयोजन गर्ने कतारका थुप्रै नागरिकलाई प्रतिबन्ध समेत लगाएको थियो । यद्यपि कतारको आर्थिक गतिविधिबारे बिरोधमा अगुवाई गर्ने र हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रियाद भ्रमणका बाबजुद साउदी अरब पनि यो प्रकरणबांट आलोचनामुक्त भने छैन । 

साउदी अरव पनि आलोचनामुक्त भने छैन

९/११ को बिमान अपहरणकर्ता १९ जनामध्ये १५ जना साउदीका नागरिक थिए । विकिलिक्सद्वारा सन् २००९ मा प्रकाशित राजनीतिक सन्देशबाट पत्ता लाग्छ कि चरमपन्थीलाई आर्थिक सहयोग दिनबाट रोक्नका लागि साउदी अरबलाई मनाउन अमेरिकालाई लामो समय लागेको थियो ।

साउदी अरवले पेट्रोलियम सम्पदाको बिक्रीबाट आएको धन संसारभर बिद्यालय र मस्जिदमार्फत कट्टरपन्थी बहावी धाराको प्रचारका लागि निक्कै प्रयोग गरेको छ । केहि मानिसहरुमो मान्यता यो पनि छ कि वहाबी धारा चरमपन्थीको श्रोत हो ।

साउदीको यस कदमले आपराधिक ब्यक्ति र संस्थाहरुलाई सहयोग गरिरहेको आरोप लागिरहेको तथ्य एकातिर छ भने कतारको तुलनामा साउदी अरब चरमपन्थीको बिरुद्धमा थालिएको कारबाहीमा धेरै सहभागी भएको छ ।

ट्रम्पको यात्राका क्रममा चरमपन्थीको आर्थिक सहयोग दिने बारेमा आउन सक्ने सम्भावित खतरासँग जुध्नका लागि अमेरिका र साउदी सरकारले एक संयुक्त इलाका ‘टेररिस्ट फाइनान्सिङ सेन्टर’को स्थापना गर्ने घोषणा गरेको थियो । तर पनि साउदी अरबको यो कदम चरमपन्थीलाई आर्थिक सहयोगबाट रोक्नको लागि काफी हुँदैन ।

सेन्टर फर फाइनान्सियल क्राइम एण्ड सेक्युररिटी स्टडिजका किटिङको यो लेख बीबीसीबाट अनुवाद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक