Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति : ओमान

By साझासवाल 6 मिनेट पढाइ

संयुक्त राज्य अमेरिका र यमनका हुथी विद्रोहीबीच युद्धविराम गर्न सहमति भएको यमनी मध्यस्थकर्ताहरूले मङ्गलबार राति जानकारी गराएका छन् ।

यो सम्झौताले रेड सीमा ‘आवागमन स्वतन्त्रता’ सुनिश्चित गर्नेछ जहाँ इरान समर्थित विद्रोहीहरूले महिनौँदेखि पानीजहाजमा आक्रमण गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोहीहरूले जहाजहरूलाई लक्षित गरी आक्रमण गर्न बन्द गर्न सहमत भएपछि संयुक्त राज्य अमेरिकाले हुथी विद्रोहीविरुद्ध आक्रमण अन्त्य गरिने बताउनुभएको हो । यद्यपि, उहाँले सहयोगी इजरायलमा हालैका आक्रमणहरूको प्रत्यक्ष उल्लेख गर्नुभएको छैन ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले भन्नुभयो, “हालैको छलफल र सम्पर्कपछि तनाव कम गर्ने उद्देश्यका साथ दुई पक्षबीच युद्धविराम सम्झौता भएको छ।”

उहाँले भन्नुभयो, “कुनै पनि पक्षले अर्को पक्षलाई निशाना बनाउने छैनन् । सम्झौताले आवागमनको स्वतन्त्रता र रेड सीमा अन्तर्राष्ट्रिय व्यावसायिक सामान ढुवानीको सहज प्रवाह सुनिश्चित गर्दछ,“ उनले एक बयानमा थपे ।

ह्वाइट हाउसमा ट्रम्पले सात हप्तालामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए ।

विद्रोहीका राजनीतिक नेता महदी अल मशातले सम्झौताबारे कुनै टिप्पणी नगरे पनि इजरायलको मुख्य विमानस्थलमा क्षेप्यास्त्र प्रहारको बदलामा इजरायलले गरेको घातक आक्रमणको ’पीडादायी’ जवाफ दिने वाचा गर्नुभएको थियो ।

हुथीका प्रवक्ता मोहम्मद अब्देलसलामले विद्रोहीको अल–मसिराह टेलिभिजन च्यानलसँग कुरा गर्दै अमेरिकाको कुनै पनि कदमको जवाफ प्राप्त हुने बताउनुभएको छ । उहाँले भन्नुभभयो, “यदि अमेरिकी शत्रुले आफ्नो आक्रमण फेरि सुरु गर्यो भने हामी आफ्नो आक्रमण फेरि सुरु गर्नेछौं ।”

उहाँले भन्नुभयो, “यो सम्झौताको वास्तविक प्रत्याभूति यमनमा अमेरिकाले भोगेको अँध्यारो अनुभव हो ।”

मशातले इजरायलमाथिको आक्रमण ‘जारी रहने’ र ‘इजरायली शत्रुले सामना गर्न सक्ने भन्दा बाहिर जाने’ बताएका छन्।

हुथी विद्रोहीहरूले सन् २०२३ को अन्त्यदेखि रेड सी र एडेनको खाडीमा इजरायल र व्यापारिक जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्।

यमनका विद्रोहीहरूले गाजा युद्धमा हालै दुई महिना सम्म चलेको युद्धविरामका क्रममा आफ्ना आक्रमणहरू रोकेका थिए।

तर मार्चमा, उनीहरूले गाजा पट्टीमा इजरायलको सहायतालाई लीषत गरी गरिएको नाकावन्दीको विरोधमा पानीजहाजमा आक्रमणहरू पुनः सुरु गर्ने चेतावनी दिएका थिए ।

अमेरिकी सेनाको प्रतिक्रियालाई निम्त्याएको थियो र यसका कारण अमेरिकाले विद्रोहीहरूलाई दैनिक हवाई आक्रमण गर्न थाल्यो।

ट्रम्पले हुथीसँगको युद्धविराम सहमतिबारे भन्नुभयो, “हुथीहरू अब लड्न चाहँदैनन्। उनीहरू युद्ध गर्न चाहँदैनन् । शान्तिको लागि इच्छुक छन् । हामी यसको सम्मान गर्नेछौं, हामी बमबारी रोक्नेछौं । उनीहरूले आत्मसमर्पण गरेका छन्।”

उहाँले भन्नुभयो, “हामीले जे गरिरहेका थियौं त्यसको उद्देश्य पूरा भएको छ । उनीहरूले अब जहाजहरूमा हमला गर्ने छैनन् ।”

मार्चको मध्यदेखि अहिलेसम्म यमनमा एक हजारभन्दा बढी लक्ष्यमा अमेरिकी आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले गत हप्ता बताएको थियो ।