भदौ १०, कोरिया (बिबिसी) | दक्षिण कोरियाली एक अदालतले घूसकाण्डमा दोषी ठहर गर्दै सामसुङ समूहका उपाध्यक्ष जेवाई लीलाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

पूर्वराष्ट्रपति पार्क ग्युन हाईको महाअभियोगसम्बन्धी मुद्दामा उनी सोलको जिल्ला अदालतबाट दोषी ठहर भएका हुन् । अदालतले सामसङका अन्य

दुई अधिकारीलाई समेत काराबास सजाय सुनाएको छ । चोई गी सुङ र चाङ चोङ–कीलाई चार/चार वर्षको कैद सजाय सुनाइएको हो ।

यसअघि लीले आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका थिए । उनीमाथि घूस, कर छली तथा देशबाहिर सम्पत्ति लुकाएको आरोप लगाइएको थियो । यसअघि ४९ वर्षे लीविरुद्ध एउटा संस्थालाई ठूलो रकम चन्दा दिएको आरोप लगाइएको थियो । उनले पूर्वराष्ट्रपति हाईको निकटस्थ चोई सुन–सीलद्वारा सञ्चालित गैरनाफामुखी संस्थालाई ३ करोड ६० लाख अमेरिकी डलर चन्दा दिएका थिए । उनले त्यसको बदलामा राजनीतिक फाइदा लिएको आरोप पनिलगाइएको थियो।

तर, लीका कानुन व्यवसायीले लीले जानकारीबिनै चन्दा दिएको दाबी गरेको थिए । मुद्दामा चित्तबुझ्दो फैसला नभएको भन्दै पुनरावेदन गर्ने उनले बताए । उनले भने, ‘हामी मुद्दा हाम्रै पक्षमा हुनेबारे ढुक्क छौं ।’

- तश्विर: CNN

August 26, 2017
काठमाडौँ - KTM, विश्व
सामसुङका उपाध्यक्ष जेल चलान, ५ वर्षको कैद हुने
By साझासवाल
3 मिनेट पढाइ