दिल्लीको कारखानामा आगलागी हुदाँ तीन जनाको मृत्यु

साझासवाल

मङ्गलबार राति उत्तर–पश्चिम दिल्लीको रिठाला क्षेत्रमा प्लास्टिक कारखानाभित्र ठूलो आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

दिल्ली अग्नि सेवाका वरिष्ठ अधिकारी एके जयसवालका अनुसार घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको बताउदै सबै पीडितहरू सोही कारखानामा काम गर्ने कामदार हुन् ।

अहिले आगो नियन्त्रणमा आइसकेो छ । घटनास्थलमा पुगेका १६ दमकल, प्रहरी अग्नि नियन्त्रक र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको कारखानामा दुर्घटनाको समयमा प्लास्टिक र कपडामा लोगो तथा तस्वीरहरू प्रिन्ट गर्ने कामदार रहेका जयसवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्धारकर्मीले आगलागी पछिको खोजी अभियानका क्रममा घटनास्थलबाट तिनवटा जलेका शवहरू बरामद गरेको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।”