2026-06-25 09:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेवनानले लगायो साउदी अरबलाई यस्तो खतरनाक आरोप

2017-11-11

कात्तिक २५, रियाद । लेबनानका हिजबुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले लेबनानविरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।

लेबनानका प्रधानमन्त्री साद अल हरीरीले राजीनामा दिएपछि हिजबुल्ला नेताको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । लेबनानी प्रधानमन्त्री हरीरीले साउदी अरबको राजधानी रियादबाट आफ्नो राजीनामा पत्र पठाएका थिए ।

हिजबुल्ला नेता हसन नसरल्लाहले साउदी अरबले हरीरीलाई जबरजस्ती रोकेर राखेको र लेबनानविरुद्ध इजरायललाई भड्काएको आरोप लगाएको बीबीसीले लेखेको छ ।

शक्तिशाली हिजबुल्ला शिया आन्दोलनलाई इरानको समर्थन छ जो लेबनान र यस इलाकामा तनाव बढाउनका लागि साउदी अरबको जिम्मेवार ठहर्याएको छ । शनिबार हरीरीले रियादको एक टेलिभिजन प्रसारणमार्फत् आफ्नो हत्याको षडयन्त्र भइरहेकाले भन्दै राजीनामाको घोषणा गरेका थिए ।

लेबनानी राष्ट्रपति मिशेल आउन र अन्य वरिष्ठ राजनेताहरुले उनलाई स्वदेश फर्किन आह्वान गरेका छन् । लेबनानले हरीरीलाई साउदी अरबको घरमा नजरबन्दमा राखेको र उनीमाथि दबाव बढाइएको आशंका गरेको छ । लेबनानले हरीरीको राजीनामा अस्वीकार गर्दै आएको छ ।

हरीरीले टेलिभिजन सम्वोधनमार्फत् राजीनामा घोषणा गरेपछि सार्वजनिक रुपमा थप अभिव्यक्ति दिएका छैनन् । बिबिसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ