फागुन १४, बेइजिङ । पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १: ४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन ।

त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार जापानको फुकुसिमा प्रान्तमा केन्द्रबिन्दु रहेको ५.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

फुकुसिमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्प गएको भएतापनि हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन ।

जापानको उत्तरपूर्वी प्रान्त फुकुसिमामा गएको सो भूकम्प स्थानीय समयाअनुसार सोमाबार विहान सवेरै १: २८ मा गएको थियो ।

जापानको भूकम्प मापन केन्द्रले पनि यस भूकम्पपछि सुनामीको चेतावनी दिएको छैन । यस भूकम्पको कम्पन पूर्वी जापानी राज्य मियाग, इबाराकी टोचिगी, गनमा र टोकियो छिमेकमा पर्ने चिबा र सैटामामा समेत महसूस गरिएको थियो । रासस

February 26, 2018
काठमाडौँ - KTM, विश्व
पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प, जापानमा पनि भूकम्पको कडा धक्का
By kit
3 मिनेट पढाइ