2026-06-24 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु, दर्जनौँ घाइते

चैत २७, बानडुङ | (रासस/एएफ्पी) | इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन् । 

मदिरा सेवनबाट विरामी परेका केही अन्य व्यक्तिको स्वास्थ्यस्थिति अझै गम्भीर रहेकोले मृतक सङ्ख्यामा केही वृद्धि हुनसक्ने इन्डोनेसियाली स्वास्थ्य अधिकारीले बताएका छन् । 

यस घटनापछि प्रहरीले विश्वको सबैभन्दा ठूलो मुस्लिम राष्ट्र इन्डोनेसियाका विभिन्न शहरमा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा छापा मार्ने र यसमा सम्लग्न व्यक्तिलाई पक्राउ गर्न व्यापक खानतलासी गरिरहेको इन्डोनेसियाका सुरक्षा अधिकारीले बताए । 

धेरैजसो इन्डोनेसियाली नागरिकले इस्लामको नरम नीतिलाई अवलम्बन गर्दै मुलुकका ठूला शहरमा मदिरा विक्रीलाई अभ्यास गर्दै आएका छन् । तर चर्को करले ब्रान्डेड मदिराको मूल्य बढी हुन जाँदा न्यून आम्दानी भएका नागरिकले भने घरमा बनाइएको असुरक्षित मदिराको सेवन गर्ने गर्छन् । 

असुरक्षित मदिरा सेवन गरेर भएको पछिल्लो घटनामा विगत एक हप्ताको अवधिमा पपुवामा आठसहित पश्चिमी जाभा क्षेत्रमा ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रहरी र स्वास्थ्यकर्मीले दिएको तथ्याङ्कमा छ । 

खोकीको औषधि, लामखुट्टे मार्न प्रयोग हुँने कीटनासक रसायनलगायतका रसायनको मिश्रण गरी बनाइएका घरेलु मदिरा बजारमा जाँदा यसको सेवनबाट धेरै नागरिकको ज्यान गुमेको स्थानीय प्रहरी प्रमुख अगुङबुढी मार्योटोले सोमबबार पत्रकार सम्मेलनमा बताउनुभयो । अवैध रूपमा मदिरा उत्पादन गरी असुरक्षित मदिरालाई बजारमा आपूर्ति गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई सुरक्षा नियन्त्रणमा लिएको उहाँले बताउँनुभयो । 

प्रहरीले असुरक्षित मदिरा बजारमा आपुर्ति गर्ने ठूला विक्रेता तथा डिस्ट्रब्युटर्स रहेका आशंकामा खोजी गरिरहेको जनाएको छ । राजधानीकै कुनै भागमा दुई दर्जन मानिसको असुरक्षित मदिरा सेवनका कारण मृत्यु भएको भन्ने खबरप्रति सुरक्षाप्रशासन थप सम्वेदनशील बनेको प्रहरीले बताएको छ । 

इन्डोनेसियामा असुरक्षित मदिरा सेवनका कारण सन् २०१६ मा पनि इन्डोनेसियाको मध्य जाभा क्षेत्रमा घरेलु मदिराको सेवनबाट ३६ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे