५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४० जना बालबालिकाको बलि

१५ बैशाख २०७५, शनिबार १७:१२

वैशाख १५, लिमा (रासस/एएफपी) | पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ । 

नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएका छन् । 

फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बलि दिइएको मानव इतिहासमा नै ठूलो घटनाको रुपमा लिन सकिन्छ । 

पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ । बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् । 

सो अनुसन्धानको लागि नेसनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगबाट भएको र अनुसन्धानको नतिजा पनि पहिलो पटक नेशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको समाचारमा जनाइएको छ । 

यस अनुसन्धानका प्रमुख जोन भेरानोका आफूले यस्तो अपेक्षा नगरेको र अरुले पनि यस्तो होला भनेर नसोचेको बताउनुभएको छ । 

सन् २०११ मा पहिलो पटक तीन हजार पााच सय वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा वान्चाकिटो लास लामास भन्ने ठाउँबाट पहिलो पटक नरबलि दिइएको ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाको अवशेष फेला पारिएको थियो । 

यसै हप्ता घोषणा गरिए यस समाचारका अनुसार यसप्रकार बलि दिइएहरुमा पाँचदेखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको रहेका छन् । प्रायः बालबालिका आठदेखि १२ वर्षबीचको भएको नेसनल जियोग्राफिकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता