Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१४० जना बालबालिकाको बलि

By साझासवाल 4 मिनेट पढाइ

वैशाख १५, लिमा (रासस/एएफपी) | पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ ।

नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएका छन् ।

फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बलि दिइएको मानव इतिहासमा नै ठूलो घटनाको रुपमा लिन सकिन्छ ।

पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ । बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् ।

सो अनुसन्धानको लागि नेसनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगबाट भएको र अनुसन्धानको नतिजा पनि पहिलो पटक नेशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको समाचारमा जनाइएको छ ।

यस अनुसन्धानका प्रमुख जोन भेरानोका आफूले यस्तो अपेक्षा नगरेको र अरुले पनि यस्तो होला भनेर नसोचेको बताउनुभएको छ ।

सन् २०११ मा पहिलो पटक तीन हजार पााच सय वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा वान्चाकिटो लास लामास भन्ने ठाउँबाट पहिलो पटक नरबलि दिइएको ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाको अवशेष फेला पारिएको थियो ।

यसै हप्ता घोषणा गरिए यस समाचारका अनुसार यसप्रकार बलि दिइएहरुमा पाँचदेखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको रहेका छन् । प्रायः बालबालिका आठदेखि १२ वर्षबीचको भएको नेसनल जियोग्राफिकले जनाएको छ ।