Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बेलायतमा कोरोनाभाइरसका कारण २४ घण्टामा ज्यान गुमाउनेको संख्या दोब्बरले बढ्यो

By kit 2 मिनेट पढाइ

<p><b>फागुन २, एजेन्सी | </b>कोरोनाभाइरसका कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २१ जना पुगेको छ | यस अघि उक्त भाइरसको संक्रमणबाट ११ जनाको ज्यान गएको थियो | योसँगै वेलायतमा पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या दोब्बर बढेको हो |<br></p><p>बेलायतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ११ सय ४० पुगेको छ | संक्रमित र मृतकको बढ्दो संख्यालाई ध्यानमा राख्दै बेलायती सरकारले बेलायती कम्पनीहरूलाई भेन्टिलेटर तथा अन्य स्वास्थ्य उपकरणको उत्पादनमा वृद्धि गर्न भनेको छ |&nbsp;</p><p>उत्पादकहरूसँग सोमबार कन्फ्ररेसन गर्दै बेलायती प्रधानमन्त्रीले उनीहरूलाई संक्रमणको नियन्त्रण र रोकथामको राष्ट्रिय प्रयास जोडिन आग्रह गरेका हुन् | यसैगरी कोरोना संक्रमणको रोकथामका लागि राष्ट्रिय संकटकालको घोषणा गरेको अमेरिकाले बेलायत तथा आयरल्याण्डबाट हुने हवाइ आवागमनलाई पनि रोक्ने निर्णय गरेको छ |</p>