Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट कोरोना संक्रमण सुरु, चीनद्वारा कडा प्रतिबन्ध

By साझासवाल 3 मिनेट पढाइ

असार २, काठमाडौँ (एजेन्सी) | कोरोना संक्रमण फैलन सुरु भएको चीनमा लामोसमयपछि एकाएक कोरोना संक्रमणदेखिन थालेपछि पुन: सतर्कता अपनाउन थालिएको छ ।

चीनको राजधानी बेइजिङमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै कडा कदमहरु उठाइएका छन् । बेइजिङका थुप्रै जिल्लामा स्कूलहरु बन्द गरिएक छन् भने विभिन्न स्थानमा सुरक्षा चौकी स्थापना गरि कोरोना संक्रमण हुनबाट रोक्ने प्रयास थालिएका छन् ।

कोरोना संक्रमण फैलिएसँगै मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ । बेइजिङमा कोरोनाको दोस्रो लहरको आशंका गरिएको छ । जाको कारण मानिसको भीडभाड हुने खेल र मनोरञ्जनको केन्द्रहरु बन्द गरिएका छन् ।

त्यस्तै सुपरमार्केट र कार्यालयहरुमा मानिसहरुको तापक्रमको परीक्षण पुनः सुरु गरिएको छ । कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भऐको बताइएको छ । यो मार्केटका जनरल म्यानेजर र अन्य स्थानीय अधिकारीलाई बर्खास्त गरिएका छन् ।

- बीबीसीको सहयोगमा