पढ्न करिब 1 मिनेट लाग्छ

असार ५, काठमाडौं । चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया दिएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गरेको छ । अमेरिकाले सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण गरेको जनाएको छ ।

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

भारत र चीनबीच तनावको वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस गरिरहेको बीबीसीले जनाएको छ । गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात घण्टासम्म डिनरसहित बैठक गरेका थिए ।

उक्त वैठकमा अमेरिका र चीन दुवै देशले आपसी तनावलाई थप बढ्न नदिन चाहेको बुझिएको छ । यांगले चीनको आन्तरिक मामिला भएको भन्दै अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भनेका छन् ।

उक्त वैठकमा पोम्पियोले कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित सूचना पारदर्शी बनाउन भनेला छन् ।