Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सामाजिक दुरीलाई ध्यान नदिदाको परीणाम: अमेरिकामा कोरोना संक्रमणको नयाँ रेकर्ड

By साझासवाल 4 मिनेट पढाइ

असार १८, काठमाडौँ (एजेन्सी) | अमेरिकामा कोरोना भाइरस संक्रमणको दैनिक दरले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकामा बुधबार एकैदिन करिब ५० हजारको संख्यामा नयाँ संक्रमित फेला परेको रोयटर्समा समाचार छ, जुन कोरोनाको दैनिक वृद्धिमा नयाँ रेकर्ड हो ।

अमेरिकामा यति ठूलो संख्यामा संक्रमित भेटिनु महामारी सुरू भएयता एकैदिन भेटिएको सबैभन्दा ठूलो संख्या हो । अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा प्रतिदिन संक्रमित संख्या १ लाख पुग्नसक्ने चेतावनी दिएको भोलिपल्ट नै एकदिन यति ठूलो रेकर्ड देखिएपछि अमेरिका थप ससंकित बनेको छ ।

अमेरिकी सिनेटमा उनले अमेरिकी नागरिकले मास्क लगाउने तथा सामाजिक दुरीको नियमलाई पालना नगरे संक्रमण तीव्रगतिमा फैलिने चेतावनी दिदै यस्तै रहे संक्रमितको दर बढ्ने चेतावनी दिएका थिए ।

जुनको पहिलो साता अमेरिकामा २२ हजारको संख्यामा नयाँ संक्रमित भेटिएका थिए । त्यसयता दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड राख्दै आएको छ ।

अमेरिकामा संक्रमित भई अस्पताल भर्ना हुने दर पनि निरन्तर बढीरहेको छ । अघिल्लो साता अमेरिकामा राष्ट्रियस्तरमा संक्रमित फेला पर्ने दर ५ प्रतिशत रहेकोमा उक्त संख्या बढेर ७ प्रतिशत पुगेको छ । भेटिएका संक्रमितमध्ये केही मे महिनाको अन्त्यमा भएको मेमोरियल डेको बिदासँग सम्बन्धित रहेको पाइएको छ । बिदामा अमेरिकीहरू छुट्टी मनाउन समुन्द्री किनार तथा क्यापिङ ग्राउण्डमा आतिसबाजी हेर्न निस्कने गर्छन् । पछिल्लो बिदामा अमेरिकीहरुले विदा मनाउने क्रममा सामाजिक दुरी र माक्सको प्रयोग नगर्दा संक्रमितको संख्या बढेको बताइएको छ ।