२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

२०७७, ३ श्रावण शनिबार ०८:३८

साउन ३, लन्डन। (रासस/सिन्ह्वा)। भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । 

रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुनकोे अन्तिम हप्ता (जून २२ देखि २८सम्म) को तुलनामा नौ लाख ९० हजारले बढी हो । 

उल्लेखनीय कुरा के हो भने त्यहाँ सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायिक कर्मचारीको विज्ञापनमा महत्वपूर्ण वृद्धि रहेको छ । जुनको अन्तिम हप्ताको तुलनामा जुलाईको ६–१२ सम्ममा वेब डिजाइनर र डेभलपरहरूको पदस्थापन १५.५ प्रतिशतले बढेको उल्लेख छ । 

यसमा प्रोग्रामर र सफ्टवेयर विकासकर्ताहरूको रोजगारीमा जोडिने दरमा ६.६ प्रतिशतले वृद्धि भएको छ । सूचना प्रबिधितर्फ डिजाइनर र डेभलपरहरूको पदस्थापन दरमा आएको उछालले लकडाउनको क्रममा ‘डिजिटल व्यवसाय’ तर्फको रोजगारीमा सामान्य वृद्धि भएको प्रतिबिम्बित हुने आरईसीले जनाएको छ ।यसका साथै सर्वेक्षणमा ग्राफिक डिजाइनर्स लगायतका अन्य रोजगारीमा ११.३ प्रतिशत, विक्री व्यवस्थापकमा ९.९ प्रतिशत सिकर्मी तथा शिपबिहीन क्षेत्रमा ८.५ प्रतिशतले वृद्धि भएको सर्भेक्षणले देखाएको छ । 

आरइसी प्रमुख कार्यकारी नील कारबेरीले भन्नुभयो, “लकडाउनलाई खुकुलो बनाएसँगै व्यवसायिक क्षेत्रमा आर्थिक सुधारको आत्मविश्वास बिस्तारै बढ्दै गइरहेको छ । कारबेरीले थप्नुभयो, “सुधारका सङ्केत देखिएको भएपनि हामी समस्याबाट बाहिर आइसकेका छैनौं । अर्थव्यवस्था केही समयको लागि सामान्य स्तरमा फर्कने छैन ।”  राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) द्वारा बिहीबार जारी तथ्याङ्क अनुसार देशको कम्पनी भूक्तानीलाई हेर्दा कामदार सङ्ख्या मार्च र जुनबीचमा छ लाख ४९ हजारले कमी देखिएको छ ।

“आगामी २/३ महिना अस्थायी विदा योजना र सरकार समर्थिन व्यापक कार्यक्रमको वास्तविक असर बुझ्न गाह्रो हुने छ,” ब्रिटिश श्रम बजार विश्लेषक कम्पनी एम्सीका श्रमशक्तिविद् तथा निर्देशक म्याथ्यू मीले भन्नुभयो । सरकारको योजना अन्तर्गत, कर्मचारीहरुलाई राख्न र व्यवसायहरुलाई सहयोग पु¥याउन दिइएको अस्थायी विदा योजना यस बर्ष अक्टोबरको अन्त्यमा समाप्त हुनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ