2026-06-16 02:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ता जनक : विश्व स्वास्थ्य संगठन

साउन ३, कायरो।(रासस/सिन्ह्वा)। विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ । विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको बताउनुभएको हो । 

उहाँले भन्नुभयो– केही मध्यपूर्वका राष्ट्रहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केशहरु बढिरहेकोले अवको अवस्था आगामी दिनमा झन् खतरा हुदै जाने देखिएको छ । 

उहाँका अनुसार साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको हो । ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ । निर्देशक मान्धारीका अनुसार ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको छ । 

त्यस क्षेत्रमा गएका केही हप्ताहरुयता निको हुने दर पनि स्थिर रहेको देखिन्छ । प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख संक्रमित निको भएर घर फर्किएका पाइएको छ । उहाँले यी देशहरुमा त्यहाँका नागरिकले यस संक्रमणलाई कम आँकलन गरेको पाइएको छ । नागरिकहरुले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचक्र्याईँ गरेको पनि पाइएको छ । 

त्यसैगरी यहाँका सरकारहरुले पछिल्ला केही हप्ताहरुमा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको पाइएको छ । स्वास्थ्य परीक्षण गर्ने व्यक्तिको संख्या घटाइएको देखिएको छ । त्यस्तै सरकारले यहाँ धेरै जना मानिसलाई जम्मा हुन नदिने तथा अरु सुरक्षाका मापदण्डहरु अपनाउने कुरामा पनि सरकारकाले कडाइ नगरेकोले यस्तो अवस्था आएको विश्व स्वास्थ्य संगठनले  यसअघि पनि जनाएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन