कात्तिक २३, इस्लामावाद (रासस/एएनआई) | पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरसको महामारीका क्रममा सङ्क्रमितको सङ्ख्या अत्यधिक बृद्धि हुदै गएको छ ।

सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिबार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।

पाकिस्तानको राष्ट्रिय कमाण्ड तथा अप्रेसन सेन्टरले दिएको जानकारी अनुसार शनिबार एक हजार ५४३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पाकस्तिानमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १७ हजार ५२० रहेको अधिकारीहरुले जनाएका छन् ।

मास्क नलगाई बाहिर हिड्नेलाई एक सय रुपैया जरिवाना तिराउने र एक हजार जनासम्म सहभागी भएर बैबाहिक कार्यक्रम गर्न पाइने व्यवस्था सरकारले गरेपछि आलोचना भइरहेका बेला सङ्क्रमितहरु बढ्दै गएको विवरण सार्वजनिक भएको हो ।

सरकारले गत शुक्रबार मात्रै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तिराउने र भेटेकै ठाउँमा तीन ओटा मास्क उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी हरेक सरकारी तथा निजी कार्यालयले ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै कार्यालयमा बोलाउन पाउने व्यवस्था पनि सरकारले गरेको थियो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. जाभेद अर्कामले मास्क लगाउनु पर्ने नियमको उलङ्घन भइरहेको र मास्क नलगाउनेलाई एक सय रुपैँया जरिवाना तिराउने नियम ठट्टा जस्तो मात्रै भइरहेको टिप्पणी गर्नुभयो ।

उहाँले नियम उल्लङ्घन गर्नेलाई कम्तीमा दश हजार जरिवाना तिराउनु पर्ने उहाँको सुझाव थियो । रासस

November 8, 2020
काठमाडौँ - KTM, विश्व
पाकिस्तानमा सङ्क्रमितको नयाँ रेकर्ड
By साझासवाल
4 मिनेट पढाइ