Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

न्युयोर्कमा कोरोना संक्रमण बढेपछि रात्रीकालीन कर्फ्यु

By kit 2 मिनेट पढाइ

कार्तिक २८, न्युयोर्क | विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि अमेरिकाको न्युयोर्कमा रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ |  शुक्रबारदेखि न्युयोर्कमा राति १० बजेपछि रेष्टुरेण्ट, बार र जिम लगायतका स्थानमा कर्फ्यु लगाइएको हो |

आदेश अनुसार,शुक्रबारदेखि न्युयोर्कमा हाउस पार्टी लगायतका लागि १० जनाभन्दा बढी भेला हुन् पाउने छैनन | गभर्नर एन्ड्रयु कुमोले १० जनाभन्दा बढी भेला हुन नपाउने र १० बजेपछि बार र रेष्टुरेण्टहरु खोल्न नपाउने नियम स्थानीय सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन् |

मदिरा बिक्रीको लाइसेन्स पाएका बार र रेष्टुरेण्टहरु १० बजेपछि खोल्न नपाइने भए पनि रेष्टुरेण्टहरुले १० बजेपछि पनि टेकआउट सुविधा भने दिन सक्नेछन् | तर टेकआउट केबल खानाका लागिमात्र हुनुपर्नेछ |

न्युयोर्कमा पछिल्ला दिनहरुमा संक्रमण दर  बढ्दै गएको छ |