मंसिर ३, एजेन्सी | अमेरिकाकी नव–निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसबारे फेसबुकले विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाएको छ | बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएको थियो |

घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको फेसबुकले जनाएको छ | तर,फेसबुकले कमला ह्यारिसबारे घृणायुक्त सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने जनाएको छ |

मिडियाको उजुरीपछि सामग्री हटाउनुले फेसबुकको नियम र दिशानिर्देश खोक्रो भएको मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले भनेका छन् |

फेसबुकलाई उसको विज्ञापनदाता र नागरिक अधिकार समूहले लगातार घृणायुक्त सामग्रीलाई हटाउनका लागि पर्याप्त प्रयास नगरेको आरोप लगाएको छ |

November 18, 2020
काठमाडौँ - KTM, विश्व
फेसबुकले हटायो कमला ह्यारिसविरुद्ध यौनजन्य कमेन्ट
By kit
2 मिनेट पढाइ