Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यमनमा प्रधानमन्त्रीसहित मन्त्री माथि आक्रमण, २२ को मृत्यु (भिडियो सहित)

By kit 3 मिनेट पढाइ

पुस १६, काठमाडौँ । यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ५० भन्दा बढी घाइते भएको बताइएको छ। यमनको हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको हो ।

त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू "सकुशल"रहेको बताएका छन् । सूचना मन्त्रीले हुथी विद्रोहीहरूले आतङ्कवादी कार्य गरेको आरोप लगाएका छन् । यमन सन् २०१५ देखि द्वन्द्वको चपेटामा परेको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको बताइएको छ।

त्यहाँ द्वन्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ। कोभिड-१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।बिबिसी

हेर्नुहोस भिडियो :