भदौ १, काठमाडौँ । नौ लाख लिटर डिजेल बोकेको मलेसियन जहाज हाइज्याक भएको छ ।

यसलाई इन्डोनेसियाको सामुद्रिक भागमा लगिएको मलेसियाका अधिकारीले जनाएका छन् । मेलेसियन मरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले भेर हामोर्नि ट्याङ्कर कुआन्टान पोर्टमा लगिएको अनुमान गरेका छन् ।

एमएमइएका निर्देशकले यो जहाज बतामको इन्डोनेसियन टापुमा लगिएको अनुमान गरिएको ट्वीट गरेका छन् । कार्गोको मूल्य करिब तीन लाख ९२ हजार ७ सय ९५ अमेरिकी डलर बराबर रहेको बताइएको छ ।

९ लाख लिटर डिजेलसहितको मलेसियन जहाज हाइज्याक