Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यी हुन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २२, बेइजिङ | एजेन्सी | चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला हुन् ।

चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घन्टा पैदल हिडेकी थिइन् । उनलाई  सेन्झोयु–१३ टोलीका दुई सदस्यहरुले सहयोग गरेका थिए । तीन सदस्यीय टोलीमध्ये तेस्रो महिला अन्तरिक्ष स्टेसनमा बसेकी थिइन् ।

सो टोली यही १६ अक्टोबरमा अन्तरिक्षमा पुगेको थियो । अन्तरिक्षबाट आईतबार बाहिर निस्किएपछि वाङले पृथ्वीमा फर्किएर हात हल्लाएकी थिइन् । उडान नियन्त्रण केन्द्रले सार्वजनिक गरेको एउटा भिडियोमा उनले आफूलाई निकै खुसी लागेको बताएकी छिन् । वाङ अन्तरिक्षमा पुग्ने दोस्रो चिनियाँ महिला हुन् । यसअघि सन् २०१२ मा सेन्झोयु–९ अन्तरिक्ष यानमा चढेर लिउ याङ अन्तरिक्षमा पुगेकी थिइन् ।

अन्तरिक्षबाट पृथ्वीतर्फ फर्किने क्रममा उनले आफ्नो अनुभव  यसरी साटेकी छिन्, ‘पहिलो पटक जब म झ्यालबाहिरबाट हेरे मैले जीवनको शक्तिको वास्तविक सत्य महसुस गरे । अन्तरिक्षमा पुगेको घटनालाई शब्दमा वर्णन गर्न सक्दिन । ’

अन्तरिक्षमा हिड्ने क्रममा सो समूहले अन्तरिक्ष स्टेसनमा एउटा सस्पेन्सन डिभाईस जडान गरेको थियो । त्यस अवसरमा उनीहरुले चीनले विकास गरेको अन्तरिक्षमा लगाउने पोसाक पनि परीक्षण गरेका थिए ।

वाङभन्दा अगाडि सन् १९८४ देखि अहिलेसम्म १५ जना महिलाले अन्तरिक्षमा पैदल हिडेका छन् । सोभियत अन्तरिक्ष यात्री सेभेटलाना साभिट्सकाय अन्तरिक्षमा हिड्ने पहिलो महिला हुन् । अन्तरिक्षमा हिड्ने महिला अन्तरिक्षयात्रीमध्ये अधिकांश अमेरिकी छन् ।