Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकाले बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने

By kit 3 मिनेट पढाइ

एजेन्सी | अमेरिकाले चीनको बेइजिङमा हुने ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने भएको छ । बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले चीनको मानवअधिकारलाई लिएर रहेको चासोका कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको जानकारी दिएको हो । प्रतियोगितामा अमेरिकी खेलाडीहरु भने सहभागी हुने छन् ।

यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिकमा कूटनीतिक बहिष्कार सम्बन्धमा विचार गरिरहेको बताएका थिए ।

बाइडेन प्रशासनको कदमलाई अमेरिकाका दुवै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन् । केही नेताहरूले भने कूटनीतिक बहिस्कार पर्याप्त नरहेको बताएका छन् ।

चीनको विदेश मन्त्रालयले अमेरिकी बहिस्कारलाई राजनीतिक उक्साहटपूर्ण कार्यको संज्ञा दिएको छ । अमेरिकाको बहिस्कारले प्रतियोगिताको सफलतामा यसले कुनै असर नपार्ने उसको भनाइ छ ।

यसअघि सन् १९८० मा अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो । त्यो बेला खेलाडी समेत सहभागी भएका थिएनन ।

अमेरिकाले पनि सन् २०२८ मा लस एन्जलसमा ओलम्पिक आयोजना गर्दैछ ।