<p><b>मङ्सिर २९, काठमाडौँ |</b> एक सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिस भित्रै फसेका छन् । बुधबार हङकङकाे वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढी मानिसहरु भवनको छतमा फसेका हुन् ।<br></p><p>साे आगलागी ३८ तले भवनमा भएको हो । आगलागी मध्यान्ह १२:२७ बजे भएको जनाइएकाे छ। विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनएको छ ।</p><p>सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । <b>-एजेन्सी</b></p>
December 15, 2021
काठमाडौँ - KTM, विश्व
वर्ल्ड ट्रेड सेन्टरमा भीषण आगलागी, ३ सय बढी मानिस भित्रै फसे !
By kit
2 मिनेट पढाइ










