Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाकिस्तानमा कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु !

By kit 2 मिनेट पढाइ

पुस ८, काठमाडौँ | पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार  जानकारी दिएका छन् ।

कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

उद्धारकर्मीहरूले घाइतेहरूलाई अस्पताल पुर्यााएका छन् भने घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटना इस्लामाबाद(पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो ।

हालै, पाकिस्तानको ठूलो भाग, विशेष गरी खुला क्षेत्रहरूमा बाक्लो कुहिरो लागेको छ जसले सडक दुर्घटनाहरू बढाएको छ । यसैबीच, मर्मत गरिएका कमजोर सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाही नै पाकिस्तानमा सडक दुर्घटनाका प्रमुख कारणहरू हुन् ।