Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बेलायतमा कोरोना कहर : थपिए हालसम्मकै बढी संक्रमित

By kit

<p><b>एजेन्सी |</b> बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन्। बेलायतका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी संक्रमित भेटिएका हुन्। यसअघि एकै दिनमा ९६ हजार संक्रमित भेटिएका थिए। यो बेलायतमा हालसम्म एकदिनमा भेटिएको उच्च संख्या हो।<br></p><p>बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ। हरेक दिनजसो सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका छन्। अधिकारीहरुले प्रकोप सुरू भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन्। केही समययता हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो क्रममा रहेको छ। यसकारण कतिपय कार्यक्रमहरुमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ।</p>